मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

काठमाडाैं | पुस २३, २०८२

मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गर्नुभएको छ। 


उहाँले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ राजीनामापत्र बुझाउनुभएको हो। मन्त्री भएको ११५ दिनमा राजीनामा दिनु भएको हो । 


प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिनुभयो।


‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ’, प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का बेला उस्तै सक्रिय रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफै पुगेर खट्नुभयो। हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।’


उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो।


प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भन्नुभयो, ‘तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनु भएको होइन। हामीले नै निम्त्याएका हौँ। अझ जेनजी युवाले तपाईँको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।’


मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुभयो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्